१३ बैशाख २०८१, बिहीबार 1714025497
Banner

मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री देउवाका ज्योतिषले मंसिरको ४ गते उत्तम साइत भएको सुझाबका आधारमा आजको मन्त्रिपरिषदको बैठकले उक्त सुझाबको पालना गरेको हो ।

मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।