११ बैशाख २०८१, मंगलवार 1713934557
Banner

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने पक्राउ

काठमाडौं, १९ साउन । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको उनीहरुमाथि आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम हालसम्म सार्वजनिक गरिएको छैन् ।