८ बैशाख २०८१, शनिबार 1713626944
Banner

ज्योतिषले दिएको मंसिर ४ को शुभसाईतमा चुनावको मिति तोक्न मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक मन्त्रीले बताए ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श गरेपनि प्रधानमन्त्री देउवाका ज्योतिषले मंसिरको ४ गते उत्तम साइत भएको सुझाबका आधारमा आजको मन्त्रिपरिषदले उक्त निर्णयको पालना गर्ने बुझिएको छ ।