८ बैशाख २०८१, शनिबार 1713595387
Banner

सप्तकोशीको बाढी उदयपुरको बेलका नगरमा पस्यो, जोखिममा बस्ती

उदयपुर -कोशीमा आएको बाढीले बाँध फुटाएर उदयपुरको बेलका नगरपालिका सप्तकोशीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेछि सयौँ घर जोखिममा परेका छन् ।

सप्तकोसीको मुल प्रवाह नै बाँधतिर ठोक्किएर बग्दा मंगलबार दिनभरी बाँध कटान गरेको थियो । नगरपालिकाको पहलमा बाँधमा रोकथाम गर्ने प्रयास गरिए पनि सफल नभएको र बिहान करिब पौने ४ बजेतिर नदी बस्तीतर्फ प्रवेश गरेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए ।

कोसीको बाढी वडा नं. ८ हुँदै ३, ९ र २ नम्बर वडाका बस्तीहरू डुबाउने जोखिम रहेको मेयर कार्कीले बताए । राति कोसी फुटेपछि स्थानीयले घर छाड्न थालेका छन् । कोसीमा पानीको सतह नघटे बेलकाको वडा नं. ८ डुम्रीबोटस्थित कोसीको बाँध भत्किने भन्दै गाउँलेहरूले मंगलबार दिनभर घरका अन्नपात सुरक्षित ठाउँमा सारेका थिए ।

उहाका अनुसार बेलका नगरपालिका वडा नम्बर २ र ३ का सैयौँ बस्ती जोखिममा परेका छन् ।