६ बैशाख २०८१, बिहीबार 1713495493
समाचार

एनएमबीको एटिएम काठमाडौं एयरपोर्टमा

काठमाडौं । एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पुर्‍याउने उद्देश्यले एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ ।

एनएमबी बैंक दी फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबीले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।