८ बैशाख २०८१, शनिबार 1713608783
Uncategorized

२३ गते राजधानीमा जन लहर उताछौः पुर्वमन्त्री श्रेष्ठ

काठमाडौं । नेकपा एमाले सांसद, स्थायी समिति सदस्य एवं वागमती प्रदेश सह–इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गतेको छैठौ जिल्ला अधिवेशन भब्य बनाउन निर्देशन दिनुभएको छ । काठमाडौं क्षेत्र प्रदेश–९ ख कमिटिको आज सम्पन्न बुधबार पहिलो बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले जिल्ला अधिवेशनलाई पार्टीको १० औ महाअधिवेशनको झल्को दिनेगरी कार्यकर्ता उतार्न निर्देशन दिनुभएको छ ।

उहाले भन्नुभयो–१० औ महाअधिवेशनमा जसरी जनलहर उत्रियो सोही जन लहर काठमाडौंमा उत्रनुपर्छ । पुर्वमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले आउदो निर्वाचन पछि नेकपा एमालेलाई एक नम्बरको पार्टी बनाउन सबै लागिपर्नुपर्ने बताउनुभयो । यो बैठकले जिल्ला अधिवेशनको तयारी शुरुवात भएको छ । अब सबैजनाले आ आफ्नो क्षेत्रबाट लाग्नुपर्छ । उहाले अधिवेशनको पाटीृ अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिनुभयो ।
बैठकमा नेता श्रेष्ठले पार्टी महाधिवेशनमा भएको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । काठमाडौं जिल्लामा रहेका २० वटा कमिटी मध्य पहिलो बैठक राख्ने कमिटी प्रदेश २ ख भएको उहाको भनाई थियो ।
बैठकमा केन्द्रीय सदस्य सांसद विना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर एवं पार्टी केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले समसामयीक राजनीतिको बारेमा बोल्नुभएको थियो । बैठकमा प्रदेश सदस्य भगवान घले, गोपीचन्द्र कार्की, ईश्वर विडारी लगायतले केन्द्रीय सदस्यमा विजयी नेतालाई शुभकामना व्यक्त गर्नुभएको थियो । बैठक चन्द्रागिरी नगरका सचिव राजभाई महर्जनले सञ्चालन गर्नुभएको थियो ।
बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा अजयक्रान्ति शाक्य , विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश ख संयोजक एवं काठमाडौ जिल्ला सचिवालय सदस्य दीपक पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र ९ को संयोजक अवन्ती सिक्देलले स्वागत मन्तब्य राख्नुभएको थियो ।