८ बैशाख २०८१, शनिबार 1713616336
खेलकुद

खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटी गठन

काठमाडौंः नेपाल खेलकुद महासंघले दोस्रो महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

दोस्रो महाधिवेशन सम्पन्न गर्न निवर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण बस्नेत (पशुराम) को संयोजकत्वमा १९९ सदस्य रहने गरी महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । महाधिवेशनको मिति तथा स्थान आयोजक कमिटीको बैठकले तय गर्ने बताइएको छ ।

महासंघका अध्यक्ष रमेशकुमार पौडेलको अध्यक्षतामा, एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन सम्बद्ध समन्वय संयन्त्र प्रमुख पूर्वमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता, एमाले पोलिटब्यूरो सदस्य एवं महासंघका इन्चार्ज, पूर्वमन्त्री गोकुल बाँस्कोटा तथा एमाले केन्द्रीय सदस्य एवं जनसंगठन सम्बद्ध समन्वय संयन्त्र उपप्रमुख पूर्वमन्त्री रचना खड्काको आतिथ्यतामा बैठक बसेको थियो ।