१३ बैशाख २०८१, बिहीबार 1714095532
समाचार

निर्वाचन आयोगले आइतबारदेखि दैनिक ब्रिफिङ गर्ने

काठमाडौं – निर्वाचन आयोगले आइतबारदेखि स्थानीय तह निर्वाचनसम्बन्धी तयारीका साथै आयोगसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिने भएको छ ।

आयोगले मिडिया सेन्टरमा हरेक अपरान्ह ४ बजे प्रेस मिट गरेर आयोगको गतिविधिबारे दैनिक रुपमै ब्रिफिङ गर्न लागेको हो ।

आयोगका उपसचिव कमल ज्ञवालीले शुक्रबार जारी गरेको सूचनामा आइतबारदेखि हरेक दिन अपरान्ह ४ बजे मिडिया सेन्टरमा प्रवक्ता तथा सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने तय भएको उल्लेख गरिएको छ ।