१३ बैशाख २०८१, बिहीबार 1714085843
राजनीति

महँगीविरुद्ध सरकारलाई खवरदारी गर्न अखिल नेपाल महिला संघले सडकमा उतारो हजारौं कार्यकर्ता

काठमाडौं । नेकपा एमालेले महँगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा राजधानीमा वृहत् जनप्रदर्शन गरेको छ ।

महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै एमालेले प्रदर्शन गरेको हो । प्रदर्शनमा अखिल नेपाल महिला संघले हजारौ कार्यकर्तालाई सडकमा उतारेको छ । अखिल नेपाल महिला संघका संयोजक थपमाथा थापाको अगुवाईमा उल्लेख्यमात्रामा महिला नेताहरुको सहभागिता भएको थियो ।

बसन्तपुरबाट सुरु भएको विरोध प्रदर्शन प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्ति बाटिकामा पुगेर समापन भएको थियो ।