२५ माघ २०७९, बुधबार 1675875914
Banner

महँगीविरुद्ध सरकारलाई खवरदारी गर्न नेकपा एमालेले आज विशाल जनप्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज महँगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै एमालेले प्रदर्शन गर्न लागेको पार्टीले जनाएको छ ।

दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा हुने विशाल जनप्रदर्शनमा आफ्ना सवै भातृसंगठनलाई अनिवार्य सहभागिताका लागि आग्रह गरेको छ । विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्नेछ । जुलुसमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरूलगायत सहभागी हुने एमालेले जनाएको छ ।