१३ बैशाख २०८१, बिहीबार 1714106997
Banner

गठबन्धनको उलमुलामा अदालत पर्नु हुँदैन, निष्पक्ष न्याय सम्पादन गरोस् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले निष्पक्ष न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । न्यायपालिका निष्पक्ष नभएमा स्वतन्त्र न्यायपालिका जोगाउन एमालेले गम्भीर कदम चाल्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालैमात्र कामु प्रधानन्यायाधीश कार्की र सत्ता गठबन्धनका नेता माओवादी अध्यक्ष प्रचण्डबीच भेट भएको विषयले आशंका उब्जाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘तपाईँहरू देखिरहनुभएको छ, समाचारहरू अखबार र अनलाइनमा आइरहेका छन् । एकजना नेता कुदेर कामु प्रधानन्यायाधीशकहाँ गएर २ घण्टा बसे । त्यहाँबाट बाहिर निस्किएपछि ती नेता घरतिर लागे, श्रीमानजी अदालततिर जानुभयो ।’

त्यहाँ के भयो ? लेनदेन हुने गरेको छ नेपालमा । हामी विनम्रताका साथ आग्रह गर्छौं,सम्मानति सर्वोच्च अदालतबाट न्याय सम्पादन हुनुपर्छ, कुनै खुसामद होइन । कुन खासखुस, कुनै लेनदेन, कुनै घासघुस जसको चर्चा चलेको छ, त्यही कुरा निरन्तर हुनु हुँदैन उहाँले भन्नुभयो ।

अहिलेको गठबन्धन भनेको २ दिनको पाहुना हो । ढोडका लौराको भर परेर नचल्न उहाँको सुझाव थियो । यदि देशको पक्षमा,न्यायको पक्षमा कदम चाल्नुपरेमा एमाले पनि कदम चाल्न सक्छ र तयार छ भन्ने कुरा पनि राख्न चाहान्छु । हामी सबै कुरा सजगताका साथ साथ हेरिरहेका छौं । कुनै पनि बेथिति सहँदैनौं अध्यक्ष ओलीले भन्नुभयो ।