११ बैशाख २०८१, मंगलवार 1713915486
Banner

भारतले जस्तो चाहेको थियो नेपालको नागरिकता विधेयक त्यस्तै आयो : विमला राई पौडयाल (भिडियो संवाद)

काठमाडैं । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले नागरिकता विधेयक पास हुनुमा भारतको जीत भएको बताउनुभएको छ । नागरिकताजस्तो संवेदनशील विषयमा संसदको अवमूल्यन गदै सांसदको स्वविवेक निर्णय गर्ने अधिकारको पनि अवमुल्यन भएको बताउनुभयो । सूचनाप्रेस सँग विशेष कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो, ‘यो विधेयक पहिलेको सरकारले प्रतिनिधिसभामा पेस गरेर २२ महिना प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएर एउटा निचोडको अवस्थामा आएर एउटा प्रतिवेदन आइसकेपछि अहिलेको सरकारले त्यही प्रतिवेदनमा केही सच्याउनैपर्ने प्रावधान भए प्रतिवेदनमा संशोधन गर्न लगाएर समितिबाट फिर्ता ल्याउन सक्थ्यो । त्यो नगरेर कसैको इन्टे«स्ट पुरा गर्नका लागि विधेयक पास भएको छ ।’

विधेयकमा केही राम्रा प्रावधान पनि छन तर नागरिकतामा अरु देशले हामीलाई गर्ने व्यवहार जे गरिरहेका छन हामीले पनि त्यस्तै गर्नुपथ्यो तर हामी चुक्यौं उहाँले भन्नुभयो । ‘नागरिकता विधेयकमा छोरीलाई दिइएको जस्तै प्रक्रिया बुहारीलाई पनि गरिनुपथ्र्यो ।’

‘साढे ६ लाखभन्दा बढी युवायुवती अहिले नागरिकताविहीन छन् । तिनले नागरिकता पाउनुपर्छ । यो कुरा हामीले पहिले पनि उठाएको हो । एकल आमाका सन्तानलाई जुन नागरिकता दिइने प्रावधान आएको छ, त्यो एकदमै सही छ तर विदेशीलाई सहज हुने गरि आएका प्रावधान एकदमै गलत भएको उहाँको टिप्पणी छ ।