८ बैशाख २०८१, शनिबार 1713633430
Banner

एमालेको नेतृत्वमा देश विकास सम्भव : महासचिव पोख्रेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताउनुभएको छ ।

नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोख्रेलले उक्त कुरा बताउनुभएको हो । ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोख्रेलको भनाइ थियो ।

अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोख्रेलले दाबी गर्नुभयो । देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोख्रेलले बताउनुभयो । “प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ”, पोख्रेलले भन्नुभयो ।