२५ बैशाख २०८१, मंगलवार 1715081801
Banner

काठमाडौँ उडेको यती एयरलाइन्सको जहाज इन्जिनमा खराबी देखिएपछि पुनः पोखरामा आकस्मिक अवतरण 

काठमाडौँ । यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ ।

पोखराबाट काठमाडौँका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । 

उडेको केही बेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । 

पोखराबाट ४५ जना यात्रु लिएर शुक्रवार बिहान ८ः५४ बजे काठमाडौँका लागि उडेको विमानमा उडे लगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । 

उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।