१३ बैशाख २०८१, बिहीबार 1714054760
विश्व

भारतीय सैनिक विमान दुर्घटना, दुई पाइलटको निधन

काठमाडौं : भारतीय वायुसेनाको एउटा लडाकु विमान राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ।  गएराति दुर्घटनाग्रस्त भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ। 

विमानमा दुई जना पाइलट सवार रहेको र दुवै पाइलटको मृत्यु भएको वायु सेनाप्रमुख एयर चीफ मार्शल वीआर चौधरीले पुष्टि गरेका छन्।  वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ। एएनआईका अनुसार भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएका दुवै पाइलटको मृत्युमा शोक व्यक्त गरेको छ।