८ बैशाख २०८१, शनिबार 1713607324
Banner

सरकारी कागजात किर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी सिंहलाई आठ महिना कैद र १५ हजार जरिमाना

काठमाडौं । विशेष अदालतले सरकारी कागजात किर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी रमेशबहादुर सिंहलाई आठ महिना कैद र १५ हजार जरिमाना फैसला सुनाएको छ ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गत चैतमा सिंहलाई दोषी ठहर हुने फैसला गरेको हो । गत चैतमै भ्रष्टाचार मुद्दामा सिंह दोषी ठहर भए पनि फैसलाको पूर्णपाठ भने केही समयअघि मात्रै सार्वजनिक भएको थियो ।

पैmसलाको पूर्णपाठअनुसार जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहरसहित कैद र जरिमाना सुनाइएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को ९१० बमोजिको कसुर सिंहले गरेको पूर्णपाठमा उल्लेख गरिएको छ । सो कसुर गर्नेलाई छ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिमाना हुने कानुनी प्रावधान छ । सोहीअनुसार सिंहलाई आठ महिना कैद र १५ हजार रुपैयाँ जरिमाना हुने पूर्णपाठमा उल्लेख छ ।