२३ बैशाख २०८१, आईतवार 1714967753
Banner

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौं – संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज अपरान्ह काठमाडौं आइपुग्नु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित बनेका बेला वरिष्ठ अमेरिकी अधिकारी लु भारतको नयाँ दिल्ली हुँदै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएको हो ।

लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा नेपाल आएको जनाएको छ।