१३ बैशाख २०८१, बिहीबार 1714097129
खेलकुद

ए डिभिजन लिगको दशौं खेल आजदेखि

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणका खेल आजदेखि हुँदैछ। यस चरणको पहिलो खेलमा रेलिगेशन जोनमा रहेको फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबसँग शुक्रवार दिउँसो १ बजे प्रतिस्पर्धा गर्दैछन्।

दुवै टोली रेलिगेशनबाट जोगिन स्पष्ट तीन अंकको खोजीमा हुनेछन्। खेलअघि बिहीवार भएको पत्रकार सम्मेलनमा दुवै टोलीले जितका लागि खेल्ने बताएका छन्।