१९ माघ २०७९, बिहीबार 1675326866
Banner

संवैधानिक नियुक्ति विरुद्धको रिटमा आजदेखि सुनुवाई हुँर्दै

काठमाडौं । केपी ओली प्रधानमन्त्री रहेको बेलामा भएको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिट निवेदनहरुमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश, संसदीय सुनुवाइबिना भएको नियुक्ति लगायतका विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले बुधबार पेसी तोकेको हो । २०७७ मंसिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
संवैधानिक इजलासमा रहेको सो मुद्दामा सुनुवाइका लागि बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास गठन गरिएको छ ।