१३ बैशाख २०८१, बिहीबार 1714072113
Banner

दाउन्नेमा बस पल्टिएर आगो लाग्दा २१ जना घाईते

नवलपरासी- पूर्वी नवलपरासीको दाउन्नेमा आज बिहान ना ५ ख ५१०० नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टंदा बसमा आगो लागेको छ ।

बसमा सवार २१ जना घाइतेहरुको अहिले मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

बसमा ३१ जना सवार रहेको र चारको अवस्था गम्भीर रहेको छ। घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको  मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ। चालक भने फरार रहेकोले खोजी भइरहेको नवलपरासी प्रहरी जनाएको छ ।