१३ बैशाख २०८१, बिहीबार 1714038723
Banner

संसदीय छानबिन समितिले आजदेखि प्रतिवेदन तयार गर्ने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले आज प्रतिवेदन तयार गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको दोस्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सीसीटीभी फुजेटबारे जानकारी लिएपछि बुधबार प्रतिवेदन लेख्ने तयारी गरेको हो ।

सीसीटीभी फुटेजका बिषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताउनुभयो । आज बस्ने बैठकमा यसबारे फेरि छलफल हुने र प्रतिवेदनमा पनि लेखिने उहाँले बताउनुभयो ।

उहाँले अब समितिको म्याद थप गर्न पहल नगरिने पनि स्पष्ट पार्नुभयो ।

सुरुमा १० दिनको समय पाएको समितिलाई छानबिनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो ।