२५ माघ २०७९, बुधबार 1675885527
Banner

मंसिर ४ गते चुनावको मिति तोक्दा आश्चर्य नमाने हुन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने दावी गर्नुभएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले अब बस्ने मन्त्रिपरिषद बैठकले सो मिति तोकेमा आश्चर्य नमान्न आग्रह गर्नुभएको छ ।

उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पुर्ण तयारीसहित मिति सिफारिस गरिसकेको जानकारी गराउनुभयो। आयोगको परामर्शमा सरकारले मिति तय गर्ने कानुनी व्यवस्था अनुसार सरकारले मिति तोक्ने बताउनुभयो । उहाँले आउँदो मन्त्रिपरिषद बैठकबाट मंसिरको ४ गते निर्वाचन हुनेगरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गर्नुभयो ।