१२ बैशाख २०८१, बुधबार 1713961224
Banner

६३८ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।