२०७९ मंसिर २० मंगलवार 1670382604
Banner

एमालेको निर्वाचन केन्द्रीत प्रशिक्षणमा अध्यक्ष ओलीले आज सम्बोधन गर्नुहुने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोली स्थनीय तहको निर्वाचनका बिषयमा पार्टीका केन्द्र र प्रदेशका नेताहरुलाई भर्चुअल सम्बोधन गर्नुहुने भएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान परिस्थिति र स्थानिय तहको निर्वाचनको तयारीका सन्दर्भमा दिउँसो १ बजे पार्टी अध्यक्ष ओलीले भर्चुअल माध्यमवाट प्रशिक्षण मुलक मन्तव्य सहित प्रदेशस्तरमा हुनगइरहेको प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुलाग्नुभएको बताउनुभयो ।

भुर्चअल बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी,सदस्यहरु,प्रदेश कमिटीका पदाधिकारी,संघीय र प्रदेश सभासदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणका लागि तोकिएका सहभागी हुनुहुनेछ ।