१२ बैशाख २०८१, बुधबार 1713994284
Banner

चक्रवर्ती कलेजले ज्यादी गरेको भन्दै विद्यार्थी आन्दोलनमा (भिडियो)

काठमाडौं । कलेजले चर्को शुल्कवृद्धि गरेको भन्दै चक्रवर्ती ल कलेजमा बिहानैबाट विद्यार्थीहरुले नारावाजी गरिरहेका छन् ।

कलेजले पाँच वर्षे बीएएलएलबीको शैक्षिक शुल्क ६ लाख रूपैयाँबाट एकैपटक १० लाख ७० हजार पुर्‍याएपछि विद्यार्थी आन्दोलित बनेका हुन् । आन्दोलित विद्यार्थीले गत आइतबार शुल्कवृद्धिको विरोधमा कलेजमा तालाबन्दी गरेका थिए । हिजो सोमबार कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तामा कलेजले ५० हजार मात्रै शुल्क घटाउन तयार रहेको बताएपछि सहमति हुन सकेन । आक्रोशित विद्यार्थीले क्याम्पसमा सामान्य तोडफोडसमेत गरेका थिए । आन्दोलन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ । त्यसक्रममा आधादर्जन विद्यार्थी घाइते भएका छन् ।