४ बैशाख २०८१, मंगलवार 1713269917
Banner

एमसीसीको प्रगतिबारे बुझ्न शीर्ष नेतालाई अमेरिकी सहायक मन्त्रीको फोन

काठमाडौँ– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई फोन गर्नुभएको छ ।

बिहीबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी एससीसीका विषयमा भएको प्रगतिबारे बुझनुभएको हो । लुले बेग्लाबेग्लै फोन गरेर एमसीसीको विषयमा चासो राख्नुभएको हो । प्रधानमन्त्री देउवासँगको कुराकानीमा सहायकमन्त्री लुले लिखित प्रतिबद्धताअनुसार फेब्रुअरीभित्र सदनबाट एमसीसी पारित गर्न आग्रह गर्नुभएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले आफूहरू एससीसी पारित गर्न प्रतिबद्ध रहेको र गठबन्धनका अरू नेतालाई पनि मनाउन प्रयास गरिरहेको बताउनुभयो ।