७ बैशाख २०८१, शुक्रबार 1713554922
Banner

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । 

आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । 

यी विधेयक आजै पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।