४ बैशाख २०८१, मंगलवार 1713287360
Banner

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले साफ यू–२० च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रङगशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

नेपालको जीतमा दीपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले समान एक–एक गोल गरे । यस जीतसँगै नेपालले पहिलो खेलमा तीन अङ्क जोडेको छ । प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको छ ।

अब नेपालले आफ्नो दोस्रो खेलमा श्रीलङ्कासँग बुधबार खेल्नेछ । प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।