८ बैशाख २०८१, शनिबार 1713626096
समाचार

एसईईको नतिजा बिहिबारसम्ममा प्रकाशन हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा बिहीबारसम्म प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारसम्म अन्तिम नतिजा निकाल्ने तयारी भइरहेको जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले बिहीबारसम्म नतिजा निकाल्नेगरी अन्तिम तयारी भइरहेको जनाए ।

नतिजा पुरानै माध्यमहरूबाट, एनटीसी मोबाइल, एसएमएस तथा बोर्ड र परिक्षा नियन्त्रण कार्यालयको वेभसाइटमार्फत् हेर्न सकिनेछ । वैशाख ९ देखि २० गतेसम्म भएको एसईई परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी थिए ।