१३ बैशाख २०८१, बिहीबार 1714032027
विश्व

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले आज सपथ लिने

नयाँ दिल्ली। भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिदैहुनुहुन्छ। मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ कार्यक्रम तय भएको छ ।

प्रधानन्यायाधीश एनभी रमानाले उहाँलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनुहुनेछ । सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नुहुनेछ । ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुनुहुन्छ ।