५ जेष्ठ २०८१, शनिबार 1716055857
Banner

अछाममा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा १५ वर्षका संविधान विष्ट, ४५ वर्षकी हरिकला विष्ट २६ वर्षका वीरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
६६ वर्षकी नैन कला विष्ट घाइते रहेकी छन् ।