१३ बैशाख २०८१, बिहीबार 1714063896
Banner

पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु, १७ घाइते

पाल्पा – पाल्पाका रिब्दिकोटमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ घाइते भएका छन् ।

गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ रिब्दीकोटमा दुर्घटना भएको हो । बस सडकबाट करिब ३-४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बस दुर्घटना भएको वडाअध्यक्ष ओम प्रसाद पोखरेलले पुष्टि गर्नुभयो । उहाँका अनुसार ६ जना यात्रुको शव फेला परेको छ ।

दुर्घटनाका घाइतेहरुलाइ जिल्ला प्रहरी कार्यालयको टिमले उद्दार गरी उपचारको लागि तानसेन पठाएको छ ।

उक्त ठाउँ नजिक यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । गत पुस १८ गते भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए ।