८ बैशाख २०८१, शनिबार 1713618934
विश्व

युक्रेनको डोनबास क्षेत्रमा दुई अमेरिकीको मृत्यु

वासिङ्टन – यूक्रेनको पूर्वी डोन्बास क्षेत्रमा दुई अमेरिकीको मृत्यु भएको अमेरिकी राज्य विभागले शनिबार बताएको छ ।

    यूक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धमा महिनौँपछि आक्रमणलाई थप केन्द्रीत गरेपछि त्यहाँ झडप भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    यूक्रेनले पहिलेको सैन्य प्रशिक्षणको फरक–फरक किसिमका स्वयम्सेवकहरूका लागि अन्तरराष्ट्रिय सैन्य दलमा भर्ती गरेको छ । यद्यपि, विदेश मन्त्रालयले मृतक अमेरिकीहरू लडाईंका लागि यूक्रेन पठाइएका थिए वा थिएनन् भन्नेबारे केही उल्लेख गरेको छैन ।

    अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने, “हामी युक्रेनको डोन्बास क्षेत्रमा हालै दुई अमेरिकी नागरिकको मृत्युको पुष्टि गर्न सक्छौं । हामी परिवारसित सम्पर्क राख्दैछौं र सम्भाव्य कन्सुलर सहयोग प्रदान गर्दैछौं ।” 

    मन्त्रालयले ‘यस कठिन समयमा परिवारहरूको दुःखमा समवेदना प्रकट गर्नुबाहेक तत्काल थप केही जानकारी दिन असमर्थ भएको बताएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेश विभागले अमेरिकी नागरिकहरूलाई यस द्वन्द्वमा भाग लिन यूक्रेन नजान सुझाब दिएका छन् ।

रासस/एएफपी