१९ माघ २०७९, बिहीबार 1675320302
Banner

प्रतिक्रियावादी शक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दछन् : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउन देशी-विदेशी प्रतिक्रियावादीले गठबन्धन गरेको आरोप लगाउनु भएको छ ।

आजबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘मजदुर वर्गपक्षीय विचारका संवाहक शक्ति, ती हितका संवाहक शक्ति, तिनीहरूलाई प्रतिक्रियावादी शक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दछन् । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा पर्‍यो । यो गठबन्धन के हो ? यो गठबन्धनले हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराइयो, गरियो ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यबद्ध रहेको पनि बताउनु भयो ।