१४ बैशाख २०८१, शुक्रबार 1714120250
Banner

३३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २९ सय ९६ जनामा कोरोना परीक्षणका क्रममा ३ सय ३५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

१ हजार ८८ जनाको आरटी/पीसीआर परीक्षण गर्दा २१६ जनामा र १९ सय ८ जनामा एन्टीजेन परीक्षण गर्दा ११९ जनामा कोरोना देखिएको छ। सक्रिय संक्रमितको संख्या २९ सय ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ८६ जना डिस्चार्ज भएका छन्।