७ बैशाख २०८१, शुक्रबार 1713586192
खेलकुद

साफ यु–२० फुटबल खेल्न नेपाली टिम भुवनेश्वर पुग्यो

काठमाडौँ । भारतमा आगामी साताबाट सुरु हुने यु–२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भुवनेश्वर पुगेको छ । 

नेपाल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रवारको बिदाइ गरेको थियो । एन्फाले प्रतियोगिताका लागि  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ । 

दोस्रो खेल २७ जुलाईमा श्रीलङ्का र तेस्रो खेलमा ३१ मा जुलाई भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बङ्गलादेशसँग खेल्नेछ । 

शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।