१३ बैशाख २०८१, बिहीबार 1714089884
राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

दिउँसो १ बजे बैठक बोलाइए पनि केही ढिलो गरी सुरु भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नुभएको थियो । समितिमा १३ पदाधिकारी, पूर्वपदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन् ।

स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनका विषयमा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा संस्थापन इतर समूहले बैठकमा आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन तोडेर एक्लै चुनावमा जानुपर्ने प्रस्ताव गर्ने भएको छ । दुई दिन लगातार बसेको इतर समूहको बैठकले कांग्रेस एक्लै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको हो ।