१४ बैशाख २०८१, शुक्रबार 1714143976
Banner

यस्तो छ मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/०८० को मौद्रिक नीति सार्वजनिक भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ । यसैगरी सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड कायम गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यका भित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि काठमाडौंमा ५० र उपत्यकाबाहिर यस्तो अनुपात ६० थियो ।

यस्तो छ मौद्रिक नीति :