१२ बैशाख २०८१, बुधबार 1713965951
Banner

भारतको १५ औं राष्ट्रपतिमा द्रोपदी मुर्मू निर्वाचित

काठमाडौं । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । केहीबेर अघिको प्राप्त मतगणनाअनुसार एनडीएकी उम्मेदवार उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

उहाँले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्नुभएको छ । भारतको राष्ट्रपतिका लागि कुल १० लाख ८६ हजार ४३१ इलेक्टोरल मत हुन्छ । जसमा द्रौपदीको पक्षमा आधाभन्दा बढी मत परेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । उहाँको शपथ जुलाई २५ मा हुने समाचारमा उल्लेख छ । भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएपछि कलाकार किरण खेरले सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको छ ।