८ बैशाख २०८१, शनिबार 1713640812
राजनीति

सबै समितिको छानबिन गर्न एउटा महासमिति बनाइयोस् : रामवीर मानन्धर

काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले संसदीय छानबिन समितिको भूमिकामाथि नै प्रश्न उठाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यो सरकार बनेदेखि गठन भएका संसदीय समितिहरुले समयमै आफ्नो कार्यादेश पूरा गर्न नसकेको दाबी गरे।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले पाएको दश दिनको समयमा काम गर्न नसकेर समय थपको निर्णय गरेकै दिन उनले यस्ता समितिहरुकै गर्ने महासमिति बनाउनुपर्ने अबस्था आएको भन्दे ब्यङ्ग्य गरे।

‘संसदको कार्यकाल सकिने बेला भइसकेको छ। संसदबाट बनेका कुनै पनि समितिले कारबाही गर्न सकेका छैनन्, ‘उनले भने, ‘अब ४–५ महिना बाँकी छ, यी सबै समितिको छानबिन गर्न एउटा महासमिति बनाइयोस्।’