१३ बैशाख २०८१, बिहीबार 1714027141
Banner

अर्थमन्त्री शर्मामाथिको छानबिन संसदीय विशेष समितिको ७ दिन म्याद थप

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

१० दिनको समय पाएको समितिले काम नसकेपछि पुन: ७ दिन थप भएको हो ।