७ बैशाख २०८१, शुक्रबार 1713547852
राजनीति

मूल्यवृद्धिको विरोधमा युवासंघको प्रदर्शन

काठमाडौँ । स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता, खोप चोरी प्रकरणमा संलग्न स्वास्थ्य मन्त्रीलाई कारबाही लगायतका माग राख्दै एमाले समर्थित राष्ट्रिय युवासंघले प्रदर्शन गरेको छ ।

संघले बिहीवार नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो । महिलाहरू सहभागी भएको बृहत् युवा–महिला विरोध प्रदर्शन युवासंघको कार्यालय बिजुलीबजार देखि नयाँ बानेश्वर सम्म भएको हो ।