११ बैशाख २०८१, मंगलवार 1713907926
प्रदेश

‘सङ्घीयता मुलुकको आवश्यकता’

जनअधिकार सुनिश्चितताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । जनसरोकार अभियानद्वारा काठमाडौँमा आयोजित ‘सङ्घीयता : भ्रम र यथार्थ’ विषयक बहसका वक्ताहरूले कतिपयमा सङ्घीयताबारे भ्रम उत्पन्न भएको उल्लेख गर्दै मुलुकको पहिचान, संस्कृति, मूल्य मान्यताका आधारमा सङ्घीयता स्थापना भएको बताएका हुन् । कार्यक्रममा लेखक तथा राजनीतिक विष्लेषक श्याम श्रेष्ठले नेतृत्व गर्ने व्यक्तिको कमजोरीका कारण सङ्घीयताबारे भ्रम उठ्न खाजेको बताउँदै सङ्घीयता देशको आवश्यकता भएको बताउनुभयो ।

उहाँले जनताका सेवा सुविधालाई गाउँगाउँमै सहजरूपमा पु¥याउनका लागि सङ्घीयताको महत्व बढी रहेको बताउनुभयो । उहाँले जनसहभागिता हुने उच्च खालको व्यवस्था नै सङ्घीयता भएको र पहिचान, संस्कृति, मूल्य मान्यताका कारण उक्त व्यवस्था आजको आवश्यकता हो भन्नुभयो । बहसमा सहभागी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घीयताको विषयमा अहिले नै सफल या असफल भएको भनेर छलफल गर्नुपर्ने बेला नभएको बताउनुभयो । उहाँले २०÷२५ वर्ष अभ्यास भएपछि मात्रै यसबारेमा विष्लेषण गर्नुपर्नेमा जोड थियो । सङ्घीयताले मुलुकका ७५३ पालिकाका जनता लाभान्वित भएका र तल्लो तहका जनताले पनि प्रत्यक्षरुपमा निगरानी गर्न सकेकाले आर्थिक पारदर्शीता निर्माण गर्न सकिएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार मुलुकमा अहिले सुुशासनको प्रत्याभूति दिलाएको पनि बताउनुभयो । उक्त कार्यक्रमका संयोजक अनिल शर्माले सङ्घीयताका सवालमा देखिएको भ्रम निवारणका लागि यसरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले सङ्घीयता मुलुकको पहिचान भएकाले नागरिकका अधिकार सुनिश्चितताका लागि आवश्यक भएको बताउनुभयो । जनसरोकार अभियानका अभियन्ता सविन सिग्देलले सङ्घीयताबारे युवा वर्गमा उब्जिएको भ्रम चिर्न उक्त कार्यक्रम गरिएको बताउनुभयो । तीन वर्षअघि सक्रिय रहेको अभियानले राष्ट्रिय पहिचानका विषयमा निरन्तर बहस चलाउँदै आएको पनि सिग्देलले जानकारी दिनुभयो ।