७ बैशाख २०८१, शुक्रबार 1713532680
Banner

निःर्वतमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन विशेष समितिले आज सोधपुछ गर्ने

काठमाडौं । संसदीय विशेष छानबिन समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्दैछ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले सोधपुछका लागि आज विहान ८ बजे पुर्वमन्त्री शर्मालाई बोलाएको छ ।

समितिले अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग हिजो सोधपुछ गरेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले तोकिएको समयमा काम नसक्ने भएपछि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गरेको छ ।

सभामुख अग्नी सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए । त्यसमा हिजो आठौं दिन गुज्रिसकेको छ । अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेको छ भने सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।

बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निस्कर्षमा पुग्न पुग्ने बताईएको छ ।