१३ बैशाख २०८१, बिहीबार 1714078442
Banner

जनार्दन शर्मामाथि छानबिनका लागि थप सात दिन समय माग्ने संसदीय समितिको निर्णय

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष छानबिन समितिले थप समय माग्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले छानबिनका लागि थप सात दिन माग्नेबारे छलफल गरेको छ ।

त्यस्तै संसदीय छानबिन विशेष समितिले बिहीवार निःर्वतमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताए ।