८ बैशाख २०८१, शनिबार 1713635573
Banner

अहिलेको गठबन्धनले नेपाललाई झगडियाको देश बनाईसके : अध्यक्ष ओली (भिडियो)


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुले देशलाई झगडियाको देश बनाएको बताउनुभएको छ । वागमती प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो,–‘गठबन्धनका नेताहरुले दबाब दिएर, त्रास आतंकभित्र राखेर, गलत ढंगले प्रयोग गरेर महाअभियोग लगाएर, मुद्धा हालेर देशलाई नै झगडियाको देश बनाउने कार्य गरेका छन् ।’ ओलीले भन्नुभयो, ‘सरकारले हार्ने मुद्धाबाट, सरकार बनाउने मुद्धाबाट, सरकार बिगठन हुने मुद्धाबाट, प्रधानमन्त्री हटाउने मुद्धाबाट, प्रधानमन्त्री छानिने मुद्धाबाट कस्तो देश बन्यो ?’ उहाँको प्रश्न थियो । यस देशमा त अरु बिषयको पढाइ बन्द गरे हुन्छ कि क्या हो ? सबै कुराको समाधान समयमै निर्वाचन गराउनु भएको अध्यक्ष ओलीको भनाइ थियो ।

राष्ट्रियता, विकास, सुशासनलाई उपयुक्त ढंगले बढाउन एमालेको सरकारले मात्र सक्ने ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले जस्तो पार्टी जसले राष्ट्रियता, जननजीविका, सुशासनका प्रश्न आदिलाई र बाह्य सम्बन्धलाई पनि सन्तुलित र उपयुक्त ढंगबाट बढाएर राष्ट्रिय हितको रक्षा, सम्बद्र्धन गर्न सक्छ त्यो भनेको एमालेको सरकार हो । त्यो एमालेको सरकार गठन गर्न हामीले सक्नुपर्छ आगामी निर्वाचनबाट ।’

संवैधानिक व्यवस्था अनुसार आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनैपर्ने उहाँको जोड थियो । तर सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको ओलीले बताउनुभयो ।