७ बैशाख २०८१, शुक्रबार 1713572939
Banner

पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

काठमाडौं । दैलेखको दुल्लु नगरपालिकामा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।

कर्णाली–कोटाछाल–दुल्लु लिफ्टिङ खानेपानीको बोडघाटमा रहेको ट्यांकीमा डुबेर दुल्लु नगरपालिका वडा नं ३ सियालाका बखत महतका छोरा दिनेश र छोरी अनिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

उनीहरुको हिजो दिउँसो ट्यांकीमा डुबेर मृत्यु भएको हो। ट्यांककी खुलै राखेर आयोजनाले लापरबाही गर्दा बालबालिकाको मृत्यु भएको स्थानीयले बताएका छन्।