२५ माघ २०७९, बुधबार 1675885287
Banner

दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं- न्यायपरिषद् बैठकले थप दुईजना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार कसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्यायपरिषद्‌का प्रवक्ता मानबहादुर कार्कीले बताए ।

निधि उच्च अदालत महेन्द्र नगरको न्यायाधीशमा कार्यरत छन् भने शर्मा जिल्ला अदालत काठमाडौंमा कार्यरत थिए ।
निधि राजविराजमा रहँदा र शर्मा सिरहामा कार्यरत रहँदा खराव आचरण देखाएको भन्दै छानबिनमा तानिएका थिए ।