१३ बैशाख २०८१, बिहीबार 1714104062
Banner

फटाहाहरूले रोलक्रम लगाउँदै मन्त्री फेर्दै देशको ढुकुटी सक्दैछन् : विप्लव(भिडियो)


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशमा राजनीतिक अस्थिरता गहिरिएको र संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न नसकेको आरोप लगाएका छन्। उनले राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल भइरहेको बताए ।

‘संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल भइसकेको छन् । हरेक वर्ष सरकार परिवर्तन भइरहेको छ । मन्त्रीहरू फेरिइरहेका छन् । एकप्रकारले मन्त्री बन्ने रोलक्रम जस्तो चलेको छ । जंगबहादुर राणाको भन्दा पनि भद्दा खेल भइरहेको छ । पालोपालो केही महिना मन्त्री हुने, कुम्ल्याउने, लुट्ने खाने, देशको सम्पत्ति उडाउने, फर्किने र फेरि अर्को मन्त्री बन्ने । फटाहाहरुको रोलक्रम चलिरहेको छ,’ उनले भने ।