५ जेष्ठ २०८१, शनिबार 1716060589
Banner

आगामी निर्वाचनको तयारीका लागि एमालेको प्रादेशिक प्रशिक्षण सुरु

काठमाडौं -नेकपा एमालेले आजबाट प्रादेशिक प्रशिक्षण सुरु गरेको छ । आज प्रदेश नं १ र मधेस प्रदेशमा प्रशिक्षण सुरु भएका छन् । प्रदेश नं १ को प्रशिक्षणका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र मधेसका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे विराटनगर र जनकपुर पुग्नु भएको छ ।


प्रशिक्षणमा स्थानीय तहको निर्वाचनबाट सिर्जित मनोविज्ञानबाट कार्यकर्तालाई बाहिर ल्याइ आगामी चुनौतीलाई सहज रुपमा सामना गर्न सक्ने बनाउने विषयमा जानकारी गराइने छ । यसैगरी स्थान्ीय निर्वाचनको परिणाम विष्लेषण,यसको सन्देश र आगामी निर्वाचनको तयारीका बारेमा पनि प्रशिक्षण दिइने नेताहरुले जनाएका छन् । वर्तमान राजन्ीतिक शक्ति सन्तुलन,पार्टीको सार्मथ्य विस्तार र नेकपा एमालेको भूमिका वृद्धिका विषयमा पनि पार्टी नेताहरुले कार्यकर्तालाई प्रशिक्षित गर्नुहुनेछ ।